ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

सर्लाही | कात्तिक २२, २०८०

ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

 

म‌गलवार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

 

त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय  रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते हुनुभएको छ ।

 

उहाँहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको  शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्